‘कल्ली’को टिजर सार्वजनिक

0 Shares

काठमाडौं — फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कल्ली’को टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरले फरक विषयवस्तु र बलियो मेकिङ प्रस्तुत गर्दै दर्शकको ध्यान खिचेको छ।

किरण नेपालीको निर्माणमा तयार भएको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। सुनारकै कथामा आधारित फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन्।

फिल्म ‘कल्ली’मा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुलबहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगर मुख्य भूमिकामा देखिएका छन्। साथै, उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा बाल कलाकारका रूपमा प्रस्तुत छन्। टिजरको अन्त्यमा नायिका परिक्षा लिम्बुलाई सरप्राइज प्याकेजका रूपमा देख्न सकिन्छ।

निसाल पौडेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन रहेको फिल्ममा आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत छ भने एनबी महर्जनको एक्सन रहेको छ। सुरज आचार्य फिल्मका निर्माण प्रमुख हुन्।

फिल्म ‘कल्ली’ले भगवान् र राक्षसको कथालाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्दै मानिसको मनभित्र लुकेको देवता र राक्षसबीचको द्वन्द्वलाई उठान गरेको छ। देवताले परिश्रम, मिहिनेत र इमानको प्रतिनिधित्व गर्छ भने राक्षसले लोभ, लालच र मोहलाई बोकेको देखाइएको छ। मानिसले आफ्नो मनको देवतालाई दबाएर राक्षसलाई निम्त्याएपछि उत्पन्न हुने परिस्थितिलाई फिल्मले कथावस्तु बनाएको छ।

टिजरमा प्रयोग गरिएको ब्याकग्राउन्ड स्कोर, संवाद र दृश्य संयोजनले दर्शकलाई हलसम्म तान्ने संकेत दिएको छ। लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मको टिजरले मेकिङ र कन्टेन्ट दुवै पक्षबाट राम्रो सम्भावना देखाएको छ।

सम्बन्धित समाचार

सबै