काठमाडौं — परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा राष्ट्रिय नाचघर, जमलमा सम्पन्न ‘डि एस ए स्टार २०२५’ सिजन–१८ को फिनालेमा विभिन्न विधामा बालबालिकाहरू विजेता बनेका छन्। प्रतियोगितामा नृत्य, गायन र अभिनय विधामा प्रतिभाशाली बालकलाकारहरूले आफ्नो क्षमता प्रस्तुत गर्दै उपाधि जितेका हुन्।
मिनी डान्सिङ स्टारतर्फ सुरिधी पुडासैनी विजेता बनिन्। तेजस्वी जोरा फस्ट रनरअप, सुजयना गहतराज सेकेण्ड रनरअप, अपिल पन्त थर्ड रनरअप, विपास्ना ढुंगाना फोर्थ रनरअप, हिमांशी श्रेष्ठ फिफ्थ रनरअप र यशोदा राउत सिक्स्थ रनरअप बने।
त्यस्तै जुनियर डान्सिङ स्टारतर्फ प्रिज्मा सापकोटाले शीर्ष उपाधि जितिन्। यस विधामा काव्या पौडेल फस्ट रनरअप, अभिश्री तामाङ सेकेण्ड रनरअप, लिओना आले मगर थर्ड रनरअप, निभन्या प्याकुरेल फोर्थ रनरअप, आरजु श्रेष्ठ फिफ्थ रनरअप, प्रनिशा पन्त सिक्स्थ रनरअप, अनन्या चन्द सेभेन्थ रनरअप र आराध्या घिमिरे एट्थ रनरअप बने।
प्री–टिन डान्सिङ स्टारतर्फ अभियान गिरी विजेता घोषित हुँदा प्रियांशी सापकोटा फस्ट रनरअप, सोफी चापागाईं सेकेण्ड रनरअप, स्मृति अधिकारी थर्ड रनरअप, आरुषी घले फोर्थ रनरअप, पासाङ तामाङ फिफ्थ रनरअप, अनन्या घले सिक्स्थ रनरअप, योजन रेग्मी सेभेन्थ रनरअप र रज्जा सापकोटा एट्थ रनरअप बने।
गायन विधातर्फ जुनियर सिङगिङ स्टारमा विमर्शराज थापाले उपाधि जिते। आश्ना खत्री फस्ट रनरअप, अन्श आचार्य सेकेण्ड रनरअप र अदिती खड्का थर्ड रनरअप भए।
त्यसैगरी प्री–टिन सिङगिङ स्टारतर्फ आयुष पौडेल विजेता बन्दा सगिष्ता राना मगर फस्ट रनरअप, सोनिया सिन्जाली सेकेण्ड रनरअप र सम्पदा उप्रेती थर्ड रनरअप बने।
एक्टिङ स्टार विधामा आरोहण रिजालले शीर्ष उपाधि चुमे। सियोना अर्याल फस्ट रनरअप, निलग्रिभ खतिवडा सेकेण्ड रनरअप र अनामिका रिजाल थर्ड रनरअप बने।
आयोजकका अनुसार प्रतियोगितामा सहभागी करिब एक सय बालबालिकाले वसुन्धरास्थित साउथ वेस्टर्न स्कुलमा एक महिनासम्म नृत्य, गायन र अभिनयसम्बन्धी प्रशिक्षण लिएका थिए।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिताको निर्णायक मण्डलमा गायक सपन श्रेष्ठ, कलाकार विनोद श्रेष्ठ र कोरोना स्कुलकी संस्थापक प्रिन्सिपल देविना श्रेष्ठ महर्जन रहेका थिए। कार्यक्रममा गायक रोज मोक्तानलाई ‘राष्ट्रिय स्रष्टा सम्मान–२०८२’ प्रदान गरिएको थियो।
हर्लिक्स नेपालको प्रमुख प्रायोजन तथा नेपाल टेलिकमको टेलिकम पार्टनर रहेको प्रतियोगितामा नेपाल वायु सेवा निगमको पनि सहयोग रहेको थियो। परिवर्तन इभेन्ट हाउसकी प्रमुख कार्यकारी अधिकृत **सोनिया जी. आर.**का अनुसार विजेताहरूले म्युजिक भिडियोमा अभिनय गर्ने अवसरसँगै सन् २०२७ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्ने अवसर पाएका छन्।
हाउसका निर्देशक राज बराइलीले बालबालिकाको प्रतिभा उजागर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धाको अवसर सिर्जना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।