‘गौंथली’ बन्ने भइन् सुहाना, ‘परालको आगो’ बन्यो घरबाहिरको पहिलो फिल्म

0 Shares

कथाकार गुरुप्रसाद मैनाली कृत ‘परालको आगो’ कथामा निर्माण हुन लागेको सोही नामको सिनेमा अभिनेत्री सुहाना थापा प्रमुख भुमिकामा अनुबन्धित भएकी छन् ।

सिनेमामा उनले ‘गौंथली’को भूमिकामा अभिनय गर्नेछिन्। थापाको यो आफ्नो होमप्रोडक्सन बाहिरको पहिलो सिनेमा हुनेछ । उनले अमर कृतिमा काम गर्न पाउनु आफ्नो सौभाग्य भएको प्रतिक्रिया दिएकी छन् ।

‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित कथा हो । सिनेमा निर्माणका लागि केही दिन अगाडि गुरुप्रसाद मैनालीका छोराले लिखित अनुमति दिएका थिए।

सिनेमालाई लक्ष्मण सुनारले निर्देशन गर्नेछन् ।

कथाको मूल पुरुष पात्र ‘चामे’को भूमिका भने तय भइसकेको छैन् ।

यसअघि प्रताप सुब्बाले यही कथामाथि सिनेमा बनाइसकेका छन् । यो सिनेमा श्यामस्वेतमा छायाँकन गरिएको थियो ।

नयाँ ‘परालको आगो’लाई निर्माता सुशिल पोखरेलले आगामी वर्षको दशैंमा रिलिज गर्ने घोषणा गरिसकेका छन् ।

निर्माता पोखरेलले आफूले बनाउने ‘परालको आगो’लाई कथाको मुल मर्मभित्र नै रहेर फरक किसिमले निर्माण गर्ने बताएका छन् ।

‘परालको आगो’कथाले जोईपोई ‘चामे’ र ‘गौँथली’को घरेलु झगडा प्रस्तुत गर्छ ।

 

सम्बन्धित समाचार

सबै