क्यूएफएक्स सिनेमाजका प्रमुख नकिम उद्दिन समानुपातिकतर्फ प्रतिनिधि सभा उम्मेदवार सिफारिस

0 Shares

चलचित्र प्रदर्शक तथा क्यूएफएक्स सिनेमाजका प्रमुख नकिम उद्दिनलाई उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको रूपमा सिफारिस गरेको छ।

काठमाण्डौ क्षेत्र नम्बर ५ का अभियान प्रमुख विकास गुरुङका अनुसार सृजनशील उद्योग, निजी क्षेत्र तथा सिनेमा प्रदर्शनको क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका उद्दिनको अनुभवलाई राष्ट्रिय नीति निर्माण तहमा उपयोग गर्ने उद्देश्यले उनको नाम अघि सारिएको हो।

गुरुङले भने, “फिल्म तथा सृजनशील उद्योग केवल मनोरञ्जनमा सीमित क्षेत्र होइन। यो रोजगारी, पर्यटन र समग्र अर्थतन्त्रसँग प्रत्यक्ष रूपमा जोडिएको क्षेत्र हो। उद्दिनजस्ता अनुभवी व्यवसायिक व्यक्तित्वको सहभागिताले नीतिगत सुधार र परिणाममुखी राजनीतिमा टेवा पुग्ने विश्वास पार्टीले लिएको छ।”

फिल्म निर्माण र सिनेमा प्रदर्शन क्षेत्रमा उल्लेखनीय योगदान दिएका उद्दिन पछिल्लो समय सामाजिक, आर्थिक तथा नीतिगत विषयमा पनि सक्रिय रहँदै आएका छन्।

उज्यालो नेपाल पार्टीले समानुपातिक सूचीमार्फत विभिन्न पेशागत क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्ने रणनीति अनुसार उनको नाम सिफारिस गरिएको जनाएको छ। पार्टीका केन्द्रीय सदस्य तथा फिल्ममेकर श्री गुरुङका अनुसार पार्टीले समानुपातिक उम्मेदवारका रूपमा ११० जनाको नाम टुंगो लगाइसकेको छ।

सम्बन्धित समाचार

सबै