चैत १३ मा ‘हामी तीन भाइ’ रिलिज हुने, यस्तो देखियो पोस्टरमा

0 Shares

काठमाडौं । निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा बनेको फिल्म ‘हामी तीन भाइ’ आगामी चैत १३ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले बुधबार फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।

सार्वजनिक पोस्टरमा कलाकार विनोद न्यौपाने, फलित राई र कुशल बिष्ट लाई रोमान्टिक तथा उत्साहित भावमा प्रस्तुत गरिएको छ। आकाशतर्फ हेर्दै मुस्कुराइरहेका उनीहरू सफलताको क्षणमा खुसी मनाइरहेको संकेत पोस्टरले दिन्छ। पोस्टरको एक कुनामा देखिएको उडिरहेको भालेले कथावस्तु प्रतीकात्मक र फरक स्वादको हुने अनुमान गर्न सकिन्छ।

निर्देशक भट्टराईकै कथा रहेको फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाईं, शुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा, खिन्नबहादुर भण्डारी (भोले), गोविन्दप्रसाद पौडेल, भूमिका गिरी, टेकराज पौडेल र अमृतमान महर्जन लगायतको अभिनय रहेको छ।

प्रसिद्धि सिने आर्ट्स प्रालि को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ हुन् भने विक्रम तामाङ कार्यकारी निर्माता रहेका छन्। सह–निर्मातामा भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल र दुर्गालक्ष्मी पाण्डे छन्। विशेष सहयोगीका रूपमा शम्भु कुमार केसी रहेका छन्।

साजित महत प्रस्तुतकर्ता रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारी ले लेखेका हुन्। छायांकन शिव ढकाल, सम्पादन बनिश शाह र संगीत साप शक्ति र बाबुल गिरी ले तयार पारेका छन्। नृत्य निर्देशन कमल राई र इन्द्र देव महर्जन, पार्श्वसंगीत सम्राट थापा, ध्वनि मिश्रण मुकेश शाह ले गरेका छन्।

फिल्मको रंग संयोजन रेनिश फागो, कला निर्देशन दिनेश लामा ‘गैंडा’, निर्माण नियन्त्रण सन्देश राई (भान्जा) ले गरेका छन्। पोस्ट–प्रोडक्सन मोशन स्टुडियो मा सम्पन्न गरिएको हो। सहायक सम्पादन क्यामोदिन मिया, श्रृंगार अशोक रोक्का र द्वन्द्व निर्देशन देव महर्जन ले गरेका छन्।

मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञानकुमार कट्टेल हुन्। प्रचार सामग्री आइडियल डिजाइनर्स ले तयार पारेको छ। फिल्मलाई नेशनल सिने ग्रुप प्रालि ले वितरण गर्दैछ भने ओएसएआर डिजिटल डिजिटल पार्टनर रहेको छ।

सम्बन्धित समाचार

सबै