0
Shares
काठमाडौँ । फिल्म निर्माता तथा वितरक करण श्रेष्ठ ‘क्रेजी’ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को तर्फबाट समानुपातिक प्रतिनिधित्वतर्फको उम्मेदवार बन्दसूचीमा परेका छन्।
श्रेष्ठ आदिवासी जनजाति क्लस्टरबाट समानुपातिक सूचीमा समेटिएका हुन्। फिल्म क्षेत्रमा निर्माता, वितरक तथा अभिनेता रूपमा सक्रिय उनी पछिल्लो समय रिच इन्टरटेनमेन्ट मार्फत फिल्म वितरण गर्दै आएका छन्।
श्रेष्ठले यसअघि केही फिल्म निर्माण गरिसकेका छन् भने अभिनयमा पनि उनको संलग्नता रहेको छ। कला र व्यवसायिक क्षेत्रमा पहिचान बनाएका उनी राजनीतिक यात्रामा प्रवेश गरेसँगै फिल्म क्षेत्रका व्यक्तित्वहरूको राजनीतिक सहभागिताबारे पनि चर्चा सुरु भएको छ।