नेपाली र भारतीय प्राविधिक टिमले छायांकन कार्यलाई तीव्रता दिएका छन्।
यसअघि इटहरीमा करिब २० दिन लगाएर दक्षिण भारतीय द्वन्द्व निर्देशक स्टनर सामको नेतृत्वमा ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्यहरू खिचेको थियो। यी दृश्यहरूमा १.५ करोड भन्दा बढी खर्च भएको जनाइएको छ।

बलिदान सिनेमाले नेपालको सार्वभौम भूमिमा भइरहेको शोषण, अन्याय र समाजका नाइकेहरू विरुद्धको संघर्षको कथा प्रस्तुत गर्नेछ।
समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, दिव्य देव, र ऋचा शर्मा सिनेमाका प्रमुख कलाकार हुन्।
निर्माण टिमले नयाँ कलाकारहरूको प्रवेशको जानकारी दिए पनि नाम हालसम्म सार्वजनिक गरिएको छैन।
सिनेमाका लागि प्राविधिक सामग्री भारतबाट ल्याइएको छ। निर्माता सेनले यस प्रोजेक्टलाई आफ्नो “ड्रिम प्रोजेक्ट” भनेका छन्। अन्तिम सेड्युलको छायांकन सञ्जय लामाको सट्टामा महेश पौडेलले गर्नेछन्।
बलिदानको वितरण काठमाडौं उपत्यकामा गोविन्द शाहीको काफिया फिल्म्स र मोफसलमा कुबेर सिने डिस्ट्रीब्युसनले गर्नेछन्। सिनेमालाई आगामी वर्षको प्रतीक्षित प्रोजेक्टको रूपमा हेरिएको छ।