सौगात–सिम्रनको फिल्म ‘बब डाई’ छायांकन सम्पन्न

0 Shares

काठमाडौँ — अभिनेता सौगात मल्ल र सिम्रन पन्त को मुख्य भूमिका रहेको फिल्म ‘बब डाई’ को छायांकन ४२औँ दिनमा सम्पन्न भएको छ। काठमाडौंको चन्द्रागिरी र किर्तिपुर नगरपालिका भित्रका विभिन्न स्थानमा सम्पूर्ण छायांकन सकिएको निर्देशक प्रवीण श्रेष्ठ ले जानकारी दिए।

निर्देशक श्रेष्ठका अनुसार अब फिल्म पोस्ट–प्रोडक्सन चरणमा प्रवेश गरेको छ। स्क्रिप्टका दृश्यहरूको छायांकन सकिएको र दुई गीतको छायांकन केही सातापछि गरिने उनले बताए।

रोटेपिङ इन्टरटेन्मेन्ट को प्रस्तुति तथा श्रीराम बालाजी फिल्म्स को सहकार्यमा बनेको यो फिल्म किर्तिपुरका एक युवाको कथा मा आधारित छ। अभिनेता सौगात मल्लले ‘बब डाई’ को भूमिका निभाएका छन्।

नेवारी भाषामा ‘दाइ’ लाई ‘डाई’ भनिने भएकाले फिल्मको नाम त्यसैअनुसार राखिएको निर्देशक श्रेष्ठले स्पष्ट पारे। फिल्म कमेडी जनरामा निर्माण भए पनि कमेडीभित्र विभिन्न सामाजिक पक्ष समेटिएको उनको भनाइ छ।

फिल्ममा सौगात र सिम्रनसँगै सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तन्डुकार, मनोज महर्जन, कमल देवकोटा, उत्तमराज पाण्डे, रजिन महर्जन तथा बाल कलाकार अग्रिम पण्डित को अभिनय रहेको छ।

फिल्मको कथा मैनिषा गौचन र प्रवीण श्रेष्ठ को हो। दिनेश बहादुर राउत एसोसिएट निर्देशक र तर्कराज न्यौपाने मुख्य सहायक निर्देशक छन्। छायांकन श्याम तामाङको टिम ले गरेको हो भने सम्पादन निर्देशक श्रेष्ठ स्वयंले गर्नेछन्।

नृपेश रुपाखेती प्रोडक्सन हेड तथा कास्टिङ डाइरेक्टर हुन्। पोस्टर डिजाइन रोयल भिमसेन, मेकअप स्वस्तिका श्रेष्ठ, कोरियोग्राफी किरण थापा र सृष्टि महर्जन, एक्सन शंकर महर्जन र आर्ट डाइरेक्टर घनश्याम श्रेष्ठ रहेका छन्।

फिल्मका निर्माता राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर हुन् भने रविन्द्र प्रजापती कार्यकारी निर्माता हुन्।
फिल्मको प्रदर्शन मिति भने अझै तय गरिएको छैन।

सम्बन्धित समाचार

सबै