वरिष्ठ संगीतकार शम्भुजीत बासकोटालाई मातृशोक

0 Shares

वरिष्ठ संगीतकार शम्भुजीत बासकोटालाई मातृशोक परेको छ। उनकी आमा मिटु बासकोटा आइतबार बिहान उपचारकै क्रममा निधन भएको हो।

१०६ वर्षकी मिटुको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई चावहिलस्थित ओम अस्पताल लगिएको थियो। उपचारको क्रममा उनकाे निधन भएको पुष्टि गरिएको छ। अन्त्येष्टि आजै गरिनेछ।

शम्भुजीतका सामाजिक सञ्जालमा भावुक पोस्टले आमाप्रति प्रेम झल्काएको छ।

उनले लेखेका छन्, “मेरो आमाले मलाई एक्लै छोडेर यो संसारबाट सधैंका लागि बिदा लिनुभयो…”

मिटुका एक छोरा र तीन छोरी छन्।

May be an image of temple

सम्बन्धित समाचार

सबै