नेपाल फिल्म क्याम्पसमा एकदिने चलचित्र कथा–लेखन कार्यशाला सम्पन्न

0 Shares

नेपाल फिल्म क्याम्पसको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहयोगमा आयोजित “चलचित्र कथा–लेखन सम्बन्धी एकदिने आधारभूत कार्यशाला” सफलतापूर्वक सम्पन्न भएको छ। कार्यशाला पौष १९ गते नेपाल फिल्म क्याम्पस, पिंगलास्थान, गौशालामा आयोजना गरिएको हो।

कथा लेखनमा रुचि राख्ने २५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको उक्त कार्यशालामा भारतको फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (FTII) बाट पोस्ट–ग्र्याजुएट पूरा गरेका तथा हाल नेपाल फिल्म क्याम्पसमा निर्देशन तथा पटकथा लेखन विभागका प्रमुखका रूपमा कार्यरत केशव पाण्डेले प्रशिक्षण दिएका थिए।

कार्यशालामा चलचित्र कथा–विज्ञान, कथाका आधारभूत संरचना, पात्र निर्माण तथा लेखन प्रक्रियाबारे सैद्धान्तिक र व्यावहारिक दुवै पक्ष समेटेर प्रशिक्षण प्रदान गरिएको थियो।

आयोजकका अनुसार कार्यशालाप्रति उल्लेख्य रुचि देखिएको र अपेक्षाभन्दा बढी आवेदन परेकाले माघ र फागुन महिनामा दोस्रो तथा तेस्रो चरणका कार्यशालाहरू सञ्चालन गरिनेछ। साथै, सहभागी प्रशिक्षार्थीहरूले प्रस्तुत गरेका कथामध्येबाट उत्कृष्ट १० जनाको छनोट गरी उनीहरूका लागि विशेष पटकथा लेखन कार्यशाला आयोजना गरिने जानकारी पनि दिइएको छ।

कार्यशालाको समापन समारोह तथा प्रमाणपत्र वितरण कार्यक्रम चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सो अवसरमा अध्यक्ष डिसीले यस्ता कार्यशालाहरूले नयाँ पुस्तालाई सिर्जनात्मक रूपमा सक्षम बनाउँदै नेपाली चलचित्र क्षेत्रको दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। कथा र पटकथा सशक्त भए नेपाली चलचित्रको स्तर अझ उचाइमा पुग्ने उनको धारणा थियो।

सम्बन्धित समाचार

सबै