‘रमिताको पिरती’को ‘जुनी भर’ सार्वजनिक

0 Shares

काठमाडौं । सेरो फिल्मस्को प्रस्तुतिमा बनेको फिल्म ‘रमिताको पिरती’ माघ २३ गतेबाट रिलिज हुँदैछ । फिल्मको दोस्रो गीत ‘जुनी भर’ बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको छ ।

रोमान्टिक शैलीको यस गीतमा महेश काफ्लेको शब्द, संगीत र स्वर रहेको छ । उनलाई स्वरमा अस्मिता अधिकारीले साथ दिएकी छन् । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार आना शर्मा र विनय श्रेष्ठ देखिन्छन् । भिडियोमा विनयले आनालाई फकाउने प्रयास गरेको र आना भने सहजै नमान्ने दृश्य प्रस्तुत गरिएको छ, जसले उनीहरूको प्रेमकथाको सुरुवातलाई संकेत गर्छ ।

फिल्ममा समीर श्रेष्ठ, गियाना, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी र थिन्ले लगायत कलाकारको अभिनय रहेको छ ।
फिल्मको संगीत पक्षमा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेल छन् ।

सुदिप्ताको लेखन तथा निर्देशनमा बनेको फिल्ममा सागर लम्सालको लगानी छ । आरपी प्रोडक्सन, गणेश पाण्डे, सुवास कोइराला र प्रवेश लामिछाने एसोसियट निर्माता हुन् भने आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेका छन् । फिल्ममा शिशिर बिशाङ्खेको डीओपी, साहिल खानको ट्रेलर तथा टिजर र सुनिल सिभाकोटीको सम्पादन छ ।

गीतको भिडियोमा झोलेइज्म, जेनिश महर्जन र प्रियतनाको छायांकन, झोलेइज्मकै सम्पादन र कृतिका बरालको कोरियोग्राफी रहेको छ ।
एक युवतीको प्रेमभावनालाई सूक्ष्म रूपमा प्रस्तुत गर्ने प्रयास फिल्मले गरेको निर्माणपक्षको भनाइ छ ।

सम्बन्धित समाचार

सबै