लक्ष्मी बर्देवा बनिन् रास्वपाको केन्द्रीय सदस्य, के छ आगामी योजना ?

0 Shares

काठमाडौं । अभिनेत्री लक्ष्मी बर्देवा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा नियुक्त भएकी छन् । उनी बालेन शाहको टिमबाट उक्त पदमा मनोनित भएकी हुन् ।

अनलाइनखबरसँग कुरा गर्दै बर्देवाले केही समयअघि नै आफूलाई प्रस्ताव आएको बताइन् । “उम्मेदवार वा पार्टीको सदस्य, जे उपयुक्त हुन्छ त्यही बनाउनुहोस् भनेकी थिएँ,” उनले भनिन् ।

सोचविचारपछि राजनीतिमा सक्रिय हुने निर्णय लिएको बताउँदै उनले कलाकारिता र राजनीतिलाई सँगसँगै अघि बढाउने स्पष्ट पारिन् । “कलाकारिता मेरो रोजिरोटी हो । अब राजनीतिमार्फत आफ्ना आवाज उठाउँछु,” उनले भनिन् ।

समय व्यवस्थापन गरेर दुवै क्षेत्रलाई निरन्तरता दिने बताउँदै उनले सुरुदेखि नै प्रत्यक्ष–अप्रत्यक्ष रूपमा पार्टीलाई समर्थन गर्दै आएको पनि उल्लेख गरिन् ।

पछिल्लो समय कलाकारहरू राजनीतिमा प्रवेश गर्ने क्रम बढिरहेको बेला बर्देवा पनि उक्त सूचीमा थपिएकी हुन् । उनी अभिनित पछिल्लो फिल्म ‘अभिमन्यु’ हालै रिलिज भएको थियो । उनका आगामी फिल्म ‘शक्ति’, ‘परिवार’ र ‘हामी तीन भाइ’ प्रदर्शन तयारीमा छन् ।

सम्बन्धित समाचार

सबै