0
Shares
मोडल समिर खान म्यूजिक भिडियो निर्देशनमा प्रवेश गरेका छन् । उनले ‘अब न आउ’ बोलको गीतको भिडियोबाट निर्देशनमा प्रवेश गरेका हुन्।
मनोज सुतारीको शब्द तथा संगीतमा तयार भएको यो गीतमा सुमन ताम्राकारले स्वर दिएका छन् ।
वियोगान्त भावमा बनेको यो गीतमा समीरले निर्देशनसँगै अभिनयसमेत गरेका छन्। भिडियोमा उनीसँगै मिस पबीको नामले चर्चित पबि साकी तथा गायक सुमन समेतको अभिनय रहेको छ।
यस्तै भिडियोका छायाँकार कमल सुनार हुन् ।