‘राई माइलाले गाउँ छोड्यो रे’ गायिका सुनिताले गरिन् विवाह, ब्रिटिस लाहुरे बने दुलाहा

0 Shares

 चर्चित गायिका सुनिता थेगिम वैवाहिक जीवनमा प्रवेश गरेकी छन् । उनले संखुवासभाका अनित कुलुङ राईसँग विवाह गरेकी हुन् ।

केही दिनअघि सम्पन्न विवाहको जानकारी उनले आफ्नै फेसबुकमा सेयर गर्दै दिइन्। उनले लेखेकी छिन्, “श्रीमती कुलुङ राई हुनुमा धन्य छु।” साथै, उनले श्रीमानसँगको एक तस्बिर पनि सार्वजनिक गरेकी छन्।

सुनिताको विवाहमा परिवार र नजिकका आफन्तहरूको उपस्थिती रहेको स्रोतले जनाएको छ। उनका प्रशंसकले सामाजिक सञ्जालमार्फत बधाई दिइरहेका छन्।

अनित कुलुङ राई बेलायती सेनामा कार्यरत छन्।

सुनिता थेगिम लोकपप र पूर्वेली भाकाका गीतमा लोकप्रिय छिन्। उनी अभिनित फिल्म‘गाउँ आएको बाटो’को गीत ‘राई माइला’ निकै चर्चित बनेको गीतमध्ये एक हो।

सम्बन्धित समाचार

सबै