अष्ट्रेलियामा ‘गलबन्दी नाइट’ सांगीतिक कार्यक्रम, समिक्षा र सुवास खत्रीको प्रस्तुति

0 Shares

काठमाडौं । अष्ट्रेलियामा ‘गलबन्दी नाइट’ नामक सांगीतिक कार्यक्रम आयोजना हुन लागेको छ। कार्यक्रम आगामी जनवरी २३ तारिखदेखि सुरु हुनेछ।

कार्यक्रममा पछिल्लो समय चर्चित गायिका समिक्षा अधिकारी, अभिनेता तथा गायक आमेश भण्डारी र गायक/संगीतकार सुवास खत्रीले विशेष प्रस्तुति दिनेछन्। समिक्षा अधिकारी, सुवास खत्री लगायतको टिम अष्ट्रेलिया जाने तयारीमा रहेको छ भने आमेश भण्डारी पहिले नै त्यहाँ रहेका छन्। सुवास खत्री पछिल्लो समय ‘शिरमा शिरबन्दी’ गीतबाट चर्चामा छन्।

कार्यक्रम स्टडी वाइज एजुकेसन कन्सल्टेन्सीको प्रस्तुतिमा नेभा बिजनेस सर्भिसेस प्रा.लि र पाल्पा इन्टरटेन्मेन्टले आयोजना गर्दैछ।

आयोजकका अनुसार कार्यक्रम ग्राण्ड प्यालेस फङ्सन, परामाटा रोड, अर्बनमा साँझ ६ बजेपछि सुरु हुनेछ। नेपाली मौलिक गीत–संगीत र सांस्कृतिक मनोरञ्जनको प्रवद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।

दर्शकका लागि टिकट मूल्य ३० अमेरिकी डलर तोकिएको

सम्बन्धित समाचार

सबै