काठमाडौं । नेपाली समाजको यथार्थ, राजनीतिक विकृति र अन्यायविरुद्ध उठ्ने जनआवाजलाई केन्द्रमा राखी निर्माण गरिएको फिल्म ‘बिगुल’ पूर्वी नेपालको देश दौडाहामा रहेको छ।
माघ ९ गते रिलिज नजिकिँदै गर्दा निर्माण पक्षले फिल्मको प्रचारलाई तीब्र पार्ने उद्देश्यले पूर्वी नेपाल पुगेको हो। टिमले विभिन्न साक्षात्कार र प्रचार कार्यक्रममा भाग लिनेछ।
फिल्मका निर्माता–कथाकार दिनेश कोइराला र निर्देशक रमेश कोइराला प्रचारका लागि पूर्वी नेपालमा रहेका छन्। उनीहरूले इटहरी, विराटनगर, धरान, दमक, बिर्तामोड हुँदै चितवनदेखि बुटवलसम्म पुग्ने योजना बनाएका छन्।
दिनेश कोइरालाको कथा र निर्माण, कल्पना पौडेलको प्रस्तुति, अनि सूर्य कान्त कोइराला र महेश कोइरालाका सह–निर्माता रहेको फिल्ममा बेनीशा हमाल, नरेन खड्का, विनोद न्यौपाने, सरोज खनाल, रमेश बुढाथोकी, नीर शाह, हेमन्त बुढाथोकी, शिशिर वाङ्गेल, जेएन घिमिरे, गीता अधिकारी, मानश्री शर्मा अभिनीत छन्। विशेष भूमिकामा रविन्द्र खड्का, र नव–नायिकाको रूपमा मिरा पण्डित डेब्यु गरेकी छिन्।