गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

0 Shares

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ।

आइतबार बिहान भारतको दिल्लीस्थित आफ्नै निवासमा उनको निधन भएको हो। पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रशान्त निकट फिल्मकर्मी राजेश घतानीले निधनको जानकारी दिएका हुन्।

दार्जिलिङका गायक महेश सेवाले पनि ४२ वर्षे प्रशान्तको निधन भएको पुष्टि गरेका छन्। उनलाई कार्डियाक अरेस्ट भएको बताइएको छ।

इन्डियन आइडलका विजेता प्रशान्त तामाङले थुप्रै नेपाली गीत गाएका थिए भने आधा दर्जनभन्दा बढी फिल्ममा अभिनयसमेत गरेका थिए।

उनका चर्चित नेपाली फिल्ममा ‘गोर्खा पल्टन’, ‘परदेशी’ र ‘परदेशी–२’ रहेका छन्।

सम्बन्धित समाचार

सबै