0
Shares
गत शुक्रबार, जनवरी ९, २०२६ बाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘ग्रीनल्यान्ड 2: Migration’ मा नेपाली गायक अंकित श्रेष्ठकाे ‘लङ्ग गन’ बोलको गीत समावेश गरिएको छ।
फिल्मको निर्देशन रिक रोमन वेग ले गरेका हुन्, जसले पहिलाको Greenland पनि निर्देशन गरेका थिए। फिल्ममा मुख्य भूमिकामा जेरेर्ड बटलर, मरेना बाक्कारिन, र रोमन ग्रिफिन डेभिस रहेका छन्।
अंकितले सो गीत करिब नौ वर्षअघि आफ्नो युट्युब च्यानलमा लिरिकल भिडियोको रूपमा अपलोड गरेका थिए। अपलोड गरेको गीतले हालसम्म करिब २८ हजार भ्युज मात्र प्राप्त गरेको छ।
गीत हलिउड फिल्ममा समावेश हुनु नेपाली संगीतका लागि एक महत्त्वपूर्ण उपलब्धि मानिन्छ।
अंकित हाल लन्डनमा बस्छन्।