काठमाडौँ — बल्छी धुर्वे (मरिचमान श्रेष्ठ)को निर्देशनमा बनेको चलचित्र ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएको छ। माघे संक्रान्तिको अवसरमा सार्वजनिक गरिएको यस फिल्मले काठमाडौंका आम नागरिकका सपना र जीवन संघर्षको कथा उठान गरेको छ।
चलचित्रमा देखाइएको कथा काठमाडौंमा सुखसयल जीवन बिताउने चाहना पूरा नहुँदाको वास्तविक अनुभवसँग जोडिएको छ।
बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भएको गोबर गणेश १४० मिनेट लामो छ र देशभर ११२ शो पाएको छ।
चलचित्रमा बल्छी धुर्वेसँगै वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी र स्वस्तिका लामिछानेको अभिनय छ।
टिममा तारानाथ न्यौपाने चिफ एडी, योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहेको छ। टौवा स्टुडियोले पब्लिसिटी डिजाइन गरेको छ भने ओएसआर डिजिटल फिल्मको डिजिटल पार्टनर हो। वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ।
फिल्मको ट्रेलर लामो समयपछि युट्युबको नम्बर एक ट्रेन्डिङमा आएको थियो। निर्माण टिमको विश्वास छ कि उक्त लोकप्रियता प्रदर्शनमा पनि कायम रहनेछ।