काठमाडौँ — माघे संक्रान्तीको अवसरमा, १६ माघबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘आ बाट आमा’ को नयाँ गीत ‘जाँदैछु नौ डाँडा काटेर’ रिलिज गरिएको छ। गीतको भाव विदेशिन लागेका मानिसको मनोभावलाई व्यक्त गर्छ।
भिडियोमा अभिनेता पल शाह, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती र सिम्रन पन्त लगायत कलाकारहरूलाई देख्न सकिन्छ। गीतको भाव अनुसार उनीहरूको अभिनय सुहाउदो देखिन्छ।
गीतमा कर्ण परियारले स्वर दिएका छन् भने अभि सुनारले शब्द तथा संगीत भरेका छन्। विशाल निरौलाले एरेन्ज गरेका छन्।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यस फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपाली मुख्य भूमिकामा छन्। फिल्मको निर्देशन चन्द्र पन्तले गरेका छन् भने कथा र पटकथा पनि उनले नै लेखेका छन्।
संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको रहेको छ। गायनमा रबि ओड, कर्ण परियार र नेपाली भर्सनमा यमन श्रेष्ठको स्वर सुन्न सकिन्छ। भिडियोको कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाले गरेका छन्। नवराज उप्रेतीको डीओपी रहेको फिल्ममा अभिमन्यू निरवीद्वारा लेखिएका संवादमा अमर न्यौपाने, अभिमन्यू र चन्द्र पन्तले सहकार्य गरेका छन्।
फिल्मको सम्पादन मिलन श्रेष्ठले गरेका छन् भने ट्रेलर र टिजर साहिल खानले निर्माण गरेका छन्। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको नेवारी भर्सन गीतमा उनका छोरा यमन श्रेष्ठले स्वर दिएका छन्।
नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्सले लिएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलको रहेको छ।