‘शिवांश’को गीत ‘बैंश भुसुक्कै’ सार्वजनिक, फागुन १ मा रिलिज तयारी

0 Shares

काठमाडौँ — चलचित्र ‘शिवांश’को पहिलो गीत ‘बैंश भुसुक्कै’ सार्वजनिक भएको छ। निर्माण पक्षले आज युट्युबमार्फत गीत सार्वजनिक गरेको हो।

गीतमा रजनराज शिवाकोटी र समीक्षा अधिकारीको स्वर छ भने शब्द रजनराज शिवाकोटी र सरोज रञ्जितकारले तयार पारेका हुन्। गीतको संगीत रजनराज स्वयंले भरेका छन्।

लोकलयको प्रेमिल गीतमा गाउँबेसी शैलीका मिठासपूर्ण शब्द र लय प्रयोग गरिएको छ, जसले गीतलाई क्याची बनाएको छ। गीतमा प्रेमी र प्रेमिकाले एकअर्कालाई गरेको तारिफ, भाग्य, मायामोह, प्रेम र आकर्षणका भाव समेटिएका छन्।

भिडियोमा चलचित्रका मुख्य कलाकार तेज गिरी, विमला लिम्बू र बारत लिम्बूको अभिनय देख्न सकिन्छ। कोरियोग्राफी विक्रम चौहानले गरेका हुन्।

चलचित्र महाशिवरात्रिको अवसर पारेर फागुन १ गते रिलिज हुने तयारीमा छ। फिल्म अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको छ। निर्देशक सन्तोष कुमार आत्रेय हुन्, जसको यो डेब्यु निर्देशकीय फिल्म हो। निर्माता अञ्जान केसी रहेका छन्।

मुख्य भूमिकामा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने छन्। चलचित्रमा विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौला र कुन्दन पनि देखिनेछन्।

चलचित्रको कथा अञ्जान केसीले लेखेका छन्। सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन्। स्क्रिनप्ले बारत लिम्बूको छ।

गीतरचना विप्लव प्रतीक र रजनराज शिवाकोटीको रहेको छ। संगीत न्यू बज्राचार्य र रजनराज शिवाकोटीले तयार पारेका हुन्। स्वरमा रजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारी सहभागी छन्।

फिल्ममा द्वन्द्व निर्देशन मिलन श्रेष्ठ, कोरियोग्राफी विक्रम चौहान, प्रोडक्सन म्यानेजर मिलन मानन्धर, आर्ट डिरेक्टर/प्रोडक्सन डिजाइनर प्रतीक चौधरी, भीएफएक्स डाइरेक्टर विराज खड्का, भीएफएक्स प्रोड्युसर आदेश सुब्बा (गुडरेज पिक्चर्स), कस्ट्युम कमल मिश्र, मेकअप आर्टिस्ट तुलसा लिम्बू, पोस्टर/फोटोग्राफी युवाहाङ राई रहेका छन्।

मुख्य सहायक निर्देशक बारत लिम्बू, स्क्रिप्ट डक्टर सुलक्षण भारती, डीओपी सरद महतो, कार्यकारी निर्माता सम्भू थापा रहेका छन्। चलचित्रको पोस्ट–प्रोडक्सन चौतारीले गरेको छ भने वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन)ले गर्नेछ।

सम्बन्धित समाचार

सबै