
नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’ आउने भएको छ ।
यो शो अभिनय विधामा आधारित हुनेछ ।
यसका लागि केही महिनाअघि डिजिटल अडिसनको आह्वान गरिएको थियो जहाँ हालसम्म ५ सय बढीले भिडियोसहित आवेदन दिइसकेको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी दिएको छ ।
डिजिटल अडिसनबाट छनोट हुने हरेकलाई उनीहरुकै ठाउँमा गएर सहभागिताको प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । अब फिजिकल अडिसनमार्फत् २४ जनालाई छनोट गरेर प्रतियोगिता सुरु गरिने शोका निर्देशन विशाल भण्डारीले बताए । शो प्रशारण हुने संस्था (टेलिभिजन) र निर्णायक (जज) भने केही दिनमा सार्वजनिक गरिने उनको भनाइ छ ।
‘एक्टिङ स्टार’मा भाग लिन इच्छुकले अझै पनि मंसिर ३० गतेभित्र दुई मिनेटसम्मको प्रस्तुतिसहितको भिडियो पठाउन सक्नेछन् ।
यसका विजेताले नगद पुरस्कार राशीसहित फिचर फिल्ममा काम गर्ने अवसर पाउने जनाइएको छ ।
अभिनयमा रुचि हुने व्यक्तिलाई आफ्नो कला प्रस्तुत गर्न ‘एक्टिङ स्टार’ उपयुक्त प्लेटफर्म बन्न सक्ने देखिन्छ ।