पल शाह स्टारर फिल्म ‘आ बाट आमा’को ट्रेलर सार्वजनिक

0 Shares

काठमाडौं — आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘आ बाट आमा’ को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ट्रेलर रिलिज गरिएको हो।

ट्रेलरमा नेपालको पछिल्लो समसामयिक परिस्थिति प्रस्तुत गरिएको छ। अवसर नपाएपछि भविष्य निर्माणका लागि परदेशिन लागेको छोरा र अभिभावकले सन्तानप्रति गरेको मायालाई केन्द्रमा राखिएको छ।

फिल्ममा आमाको भूमिकामा विपना थापा, बुबाको भूमिकामा भारतीय वरिष्ठ कलाकार प्रदीप रावत, र छोराको भूमिकामा अभिनेता पल शाह देखिएका छन्। ट्रेलरमै उनीहरूबीचको गहिरो भावनात्मक सम्बन्ध प्रस्ट देखिन्छ।

निर्देशक चन्द्र पन्तले ग्रामीण परिवेशका आमाबाबु र सन्तानबीचको सम्बन्धलाई केन्द्रमा राख्दै कथा बुनेका छन्। फिल्मको स्लोगनमा भनिएको छ:
“बा आमाले परिश्रमले घर बनाउनु भयो, हामीले रहर र बाध्यताले पासपोर्ट बनायौं।”
यसले बाध्यताले विदेशिएका नेपालीको कथा दर्शाउँछ।

ट्रेलरमा फिल्मका विपना थापा, पल शाह, प्रदीप रावत, विशाल पहाडी, रविन्द्र झा, साईग्रेस पोखरेल, सिम्रन पन्त, गजित बिष्ट, हेमराज अधिकारी, उषा उप्रेती र दिलिप अखेडा लगायतका कलाकारलाई देख्न सकिन्छ।

फिल्मको निर्देशन र पटकथा चन्द्र पन्तकै रहेको छ। निर्माता टोलीमा ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना छन् भने कार्यकारी निर्माता कृष्णप्रसाद सुवेदी र ओमकार पन्त रहेका छन्।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा डीओपी नवराज उप्रेती, संगीतमा कोशिस क्षेत्री, बाबुल गिरी, थानेश्वर गौतम रहेका छन्। प्रदर्शन अधिकार आरआर फिल्म्सले र डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।

सम्बन्धित समाचार

सबै