जेठ १५ मा प्रदर्शन हुनेभयो चलचित्र ‘रोल नं. १’

0 Shares

काठमाडौं – निर्माण पक्षले शुक्रबार विद्याकी देवी सरस्वतीको पूजा (वसन्तपञ्चमी) को शुभ अवसरमा चलचित्र ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा गरेको छ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यो चलचित्र आगामी २०८३ जेठ १५ गते (गणतन्त्र दिवस) मा प्रदर्शनमा आउने निर्माण टोलीले जनाएको छ। विशेष शैलीमा गरिएको मिति घोषणा कार्यक्रममा चलचित्रका मुख्य बाल-कलाकारहरू अध्ययन गर्ने विद्यालय **‘पाथिक ज्ञ्यान निकेतन’**मै पुगेर सरस्वती पूजाको अवसरमा रिलिज मिति सार्वजनिक गरिएको थियो।

निर्माता विनोद पौडेलका अनुसार, चलचित्र नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउने छ।

चलचित्रको मुख्य भाग हिमाली जिल्ला म्याग्दीका रमणीय ग्रामीण भेगहरूमा खिचिएको छ। निर्देशक जोन योञ्जनले यो फिल्म पूर्ण रूपमा बाल मनोविज्ञानमा आधारित रहेको बताउँछन्। गत वर्ष सार्वजनिक गरिएको फिल्मको ‘फर्स्ट लुक’ पोस्टरमा एउटा बालकले कक्षामा हात उठाउँदै उपस्थिति जनाउँदै गरेको दृश्यले दर्शकको ध्यान खिचेको थियो र शिक्षा क्षेत्रको गहिरो पाटोलाई उजागर गर्ने अपेक्षा गरिएको छ।

लेखक महेश दवाडीको कथामा चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। बाल-कलाकारहरूमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन्।

निर्माता विनोद पौडेल र गुञ्जन गिरी, कार्यकारी निर्माता रमेश चौलागाईं। छायांकन निर्देशक शिवराम श्रेष्ठ (DOP), संगीत प्रशान्त शिवाकोटी, चिफ एडिटर फिरोड खड्का, प्रोडक्सन डिजाइनर कला संग्रौला, प्रोडक्सन हेड मनोज जोशी, सम्पादक मदन घिमिरे।

चलचित्र रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमामार्फत वितरण हुने छ।

सम्बन्धित समाचार

सबै