‘श्री बुकुरो : द होम कलिङ’को पहिलो गीत सार्वजनिक

0 Shares

काठमाडौं – आगामी फागुन १ गते महाशिवरात्रिको अवसरमा प्रदर्शनमा आउने चलचित्र ‘श्री बुकुरो : द होम कलिङ’ को पहिलो गीत सार्वजनिक गरिएको छ। शुक्रबार बसन्त पञ्चमीको अवसरमा निर्माण कम्पनी फिल्म रेञ्जको आधिकारिक युट्युब च्यानलमार्फत गीत रिलिज गरिएको हो।

सिनेमाको ‘घर मेरो सानो बुकुरो’ बोलको मर्मस्पर्शी गीतले दर्शकको मन छुने विश्वास निर्देशक सुदीप भुपाल सिंहले व्यक्त गरेका छन्। गीतमा निर्देशक सिंहकै शब्द रचना, रञ्जित गजमेरको संगीत र शिव परियारको स्वर समावेश छ। सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार आर्शिवाद क्षेत्री र लक्ष्मी गिरी सहरबाट गाउँ फर्किँदै यात्रा गर्ने क्रममा सामना गर्ने विभिन्न उतार–चढावलाई प्रस्तुत गरिएको छ।

निर्देशक सिंहका अनुसार, गीतले दर्शकलाई फरक स्वाद र विशुद्ध पारिवारिक मनोरञ्जनको झल्को दिने छ। सुदीप भुपाल सिंह ७ वर्षपछि निर्देशनमा फर्किएका हुन्; उनले यसअघि ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरिसकेका छन्।

निर्माण पक्षको विश्वास छ कि पछिल्लो समय सामाजिक पारिवारिक सिनेमाले दर्शकको मन जितिरहेको अवस्थामा, ‘श्री बुकुरो’को विशुद्ध पारिवारिक कथालाई दर्शकले रुचाउनेछन्। यसअघि सार्वजनिक गरिएको टिजर र पोस्टरले पनि दर्शकको उत्साह बढाइसकेको छ।

चलचित्र फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको हो र यसमा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मि भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्माको अभिनय रहेको छ। सिनेमाको लेखन सुदीप भुपाल सिंह, निर्माण रुबी सेन सिंह।

सिनेमामा सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको VFX, मनोरञ्जन श्रेष्ठको कलर, बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन, सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन रहेको छ। छायांकन स्थान: मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौं।

सहायक निर्देशकहरू: किशोर भट्ट, कुलदीप शर्मा, प्रेम खतिवडा। गीतमा रञ्जित गजमेर, बसन्त सापकोटा र विक्रम कार्कीको संगीत, शिव परियार, विशेष पौडेल, युक्ति बिमली, सविन सुवेदी र सन्देश पौडेलको स्वर सुन्न सकिन्छ।

सम्बन्धित समाचार

सबै