काठमाडौं – फागुन १ गते प्रदर्शनका लागि तय गरिएको चलचित्र ‘कल्ली’ को सम्पूर्ण छायांकन सकिएको छ। चोभारमा नायिका पूजा शर्माको आइटम डान्स सहितको गीत खिचेर फिल्मको ६० दिने छायांकन कार्य सफलतापूर्वक पूरा भएको निर्माता किरण नेपालीले जानकारी दिएका छन्।
छायांकन मुख्य रूपमा जुम्लामा गरिएको थियो। नायिका पूजा शर्माले ‘क्या राम्री’ बोलको गीतमा नृत्य गरेकी हुन्। गीतको संगीत आशिष अविरल, कोरियोग्राफी रामजी लामिछाने, स्वर आशिष अविरल र मेलिना राई, र शब्द सुरेन्द्र रानाले तयार गरेका छन्। पूजाका अनुसार, गीत सुन्नासाथ नै मन परेको कारण पहिलो पटक आइटम डान्स गर्न उत्साहले काम गरेकी हुन्। यस गीतमा उत्तम प्रधान, किरण श्रेष्ठ, सुलक्षण भारती समेत नृत्यमा सहभागी छन्।
चलचित्र लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको हो। यसमा कथा र निर्देशन लक्ष्मण सुनार, लेखन महेश दवाडी। प्रमुख कलाकारमा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, बिनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुलबहादुर अधिकारी, सरस्वती खत्री, श्याम मगर रहेका छन्। बाल-कलाकारहरूमा उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा रहेका छन्।
छायांकन निर्देशक निसाल पौडेल (DOP), सम्पादन मिलन श्रेष्ठ, संगीत आशिष अविरल, सरित राई, केतन क्षेत्री, निर्माण प्रमुख सुरज आचार्य। चलचित्रको टिजर पहिले नै सार्वजनिक भइसकेको छ र दर्शकले मन पराइसकेका छन्।
निर्माण पक्षले भने अनुसार, चलचित्र देवता र राक्षसको कथा प्रस्तुत गर्नेछ र आइटम गीत केही समयपछि सार्वजनिक हुने छ।