पुष ५ मा आउने भयो सौगातको ‘बम बहादुर’ , यस्तो बन्यो टिजर

0 Shares

‘बम बहादुर’ सिनेमाको रिलिज मिति घोषणा भएको छ । घोषणा अनुसार सिनेमा आगामी पुष ५ गतेबाट प्रदर्शनमा आउनेछ ।

सिनेमामा सौगात मल्लले शीर्षक भूमिका निर्वाह गरेका छन् ।

नेपाल र भारतमा सिनेमा एकसाथ रिलिज हुने यो सिनेमाको सोमबार टिजर पनि सार्वजनिक गरियो ।

सार्वजनिक टिजर अनुसार सिनेमामा ‘गोर्खा ल्याण्ड’को विषयलाई मुख्य कथावस्तु बनाएको देखिन्छ।

भारतको दार्जिलिङमा २०७४ सालमा ‘गोर्खा ल्याण्ड’को माग गर्दै ठूलो आन्दोलन भएको थियो । सिनेमाले यही आन्दोलनको विषयलाई उठाएको टिजरले संकेत गर्छ । सिनेमालाई जोन राईले निर्देशन गरेका हुन् । उनले दार्जिलिङ र डुअर्स क्षेत्रका नेपाली समुदायले भोगेको संघर्षको इतिहासलाई डिजिटल दस्ताबेजका रूपमा प्रस्तुत गर्न सिनेमा बनाएको बताए ।

सिनेमाले दर्शकलाई सस्पेन्स, थ्रिल, रोमान्स र सोसल ड्रामाको अनुभव गराउने जानकारी निर्माण पक्षले दिएको छ ।

सञ्जीव सार्की निर्माता रहेको सिनेमामा जोन राई र रुपेश तामाङको कथा र पटकथा लेखन अनि सुजोय कुमार घोष ‘मुन्ना’को छायांकन छ ।

बिस्ट ब्रदर्स फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा सौगातका अलावा प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिष्ट कार्की, सुरेश पन्चकोटी लगायतको पनि अभिनय छ ।

सिनेमालाई रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।

सम्बन्धित समाचार

सबै