‘द ब्लू लाइट’जस्ता सिनेमा विरलै बन्छन् : अर्पण थापा

0 Shares

काठमाडौं। अभिनेता अर्पण थापाले मनोवैज्ञानिक थ्रिलर फिल्म ‘द ब्लू लाइट’ लाई नेपाली फिल्म उद्योगमा विरलै बन्ने प्रकारको सिनेमा बताएका छन्। उनका अनुसार यस्तो स्तर र प्रस्तुतिको सिनेमा बनाउन निर्देशक बलिराम चौहानजस्तै दृष्टिकोण भएका सर्जक आवश्यक पर्छन्।

फिल्मको शुभमुहूर्तका क्रममा बोल्दै अर्पणले भने, “सिनेमा धेरै बन्छन्, तर ‘द ब्लू लाइट’जस्तो फिल्म घरीघरी बन्दैन। यस्तो प्रोजेक्टलाई बलिराम चौहानजस्ता निर्देशक नै चाहिन्छ।” उनले फिल्मका केही दृश्य र प्रस्तुतिको विशेष प्रशंसा गर्दै दर्शकले फिल्म हेरेपछि गहिरो अनुभव प्राप्त गर्ने विश्वास व्यक्त गरे।

अर्पण स्वयं पनि निर्देशक र लेखकका रूपमा परिचित छन्, र उनले फिल्मको शैली तथा मनोवैज्ञानिक तहले दर्शकलाई सोच्न बाध्य बनाउने बताएका छन्।

साइकोलोजिकल थ्रिलर जनरामा बनेको ‘द ब्लू लाइट’ मा बेनिशा हमाल, अर्पण थापा, आयुशमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन्। बाल कलाकारका रूपमा ग्रिस्मा कटुवाल र सहारा शर्मा पनि देखिनेछन्।

माघ १६ गते प्रदर्शनमा आउने फिल्मलाई बलिराम चौहानले निर्देशन गरेका हुन्। स्काइफल पिक्चर्सको प्रस्तुति रहेको फिल्मका सह-निर्माता भोलानाथ कटुवाल र रमन ग्रे हुन्। कार्यकारी निर्मातामा छायाकार नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल रहेका छन्।

फिल्मको छायांकन नरेन्द्र मैनालीले गरेका हुन्। आकाश उखेडा मुख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्।

सम्बन्धित समाचार

सबै