‘माइतीघर’को घोषणा, आगामी दशैंमा रिलिज हुने

0 Shares

निर्माता रोहित अधिकारीले आफ्नो नयाँ सिनेमा ‘माइतीघर’ हुने घोषणा गरेका छन्।

मिलन तामाङले चलचित्र निर्देशनमा बन्ने ‘माइतीघर’को कथा पनि निर्देशक स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद भने रामशरण पाठकले लेख्नेछन् ।

छोरीले माइतीघर छोड्दाको भावना सिनेमामा समेटिने निर्माता अधिकारीले जानकारी दिए । सोसल ड्रामा जानरामा सिनेमा निर्माण हुने सिनेमामा चल्तीका कलाकारले नै अभिनय गर्ने निर्माता अधिकारीको भनाइ छ । उनले कलाकार पटकथा लेखन सकिएपछि गर्ने बताए।

सिनेमा फागुन र चैतमा सिनेमा छायांकन गरिने र दसैँमा रिलिज गर्ने उनको योजना छ ।

उनले आगामी दशैंमा जति वटा सिनेमा आएपनि पछि नहट्ने बताए।

सिनेमामा पुरानो ‘माइतीघर’को शीर्ष गीत भने हुनेछ ।

सम्बन्धित समाचार

सबै