फिल्मकर्मीका लागि ११ प्राविधिक तालिम खुला, १० दिनभित्र आवेदन आह्वान

0 Shares

काठमाडौं — फिल्म विकास बोर्डले “फिल्मकर्मी दक्षता अभिवृद्धि वर्ष–२०८२” अन्तर्गत ११ विधामा व्यावसायिक तालिम तथा कार्यशाला सञ्चालन गर्ने घोषणा गरेको छ। बोर्डले सूचना जारी गर्दै सम्बन्धित क्षेत्रमा काम गरिरहेका तथा सीप अभिवृद्धि गर्न चाहने फिल्मकर्मीलाई आवेदन दिन आह्वान गरेको हो।

बोर्डका अनुसार यी कार्यक्रम चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक योजना अन्तर्गत सञ्चालन हुन लागेका हुन्। इच्छुक आवेदकले सूचना प्रकाशित मितिले १० दिनभित्र आवेदन पेश गर्नुपर्नेछ।

आवेदन फारम बोर्डको वेबसाइटबाट डाउनलोड गरी [email protected] मा इमेलमार्फत पठाउन सकिनेछ। पछिल्लो पाँच वर्षदेखि सम्बन्धित क्षेत्रमा सक्रिय व्यक्तिलाई प्राथमिकता दिइने बोर्डले जनाएको छ। निवेदन दर्ताको क्रमलाई समेत छनोट प्रक्रियामा आधार मानिनेछ।

थप जानकारीका लागि बोर्डसँग प्रत्यक्ष सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।

तालिम/कार्यशालाका क्षेत्रहरू:

  • साउन्ड मिक्सिङ तथा पोस्ट प्रोडक्सन

  • Spot Sync Sound

  • फोटो तथा मिडिया पत्रकारिता

  • ड्रोन सञ्चालन

  • मेकअप प्रशिक्षण

  • AI सम्बन्धी सम्मेलन

  • पौडी तथा घोडचढी

  • प्रतिलिपि अधिकार, साइबर सुरक्षा र मानसिक स्वास्थ्य अभिमुखीकरण

  • पटकथा लेखन कार्यशाला

  • कलर करेक्सन कार्यशाला

  • सिनेमाटोग्राफी कार्यशाला

बोर्डले यी कार्यक्रममार्फत नेपाली फिल्म क्षेत्रका प्राविधिक तथा सृजनात्मक जनशक्तिको दक्षता अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित समाचार

सबै