0
Shares
पल शाह स्टारर नेपाली फिल्म ‘बाट आमा’ले घरेलु बक्सअफिसमा १ करोड ८० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ।
चन्द्र पन्त निर्देशित यो सोसल–ड्रामा फिल्मले १६ माघदेखि देशव्यापी प्रदर्शन सुरु गरेको थियो।
फिल्मको यो कमाइ चलचित्र विकास बोर्डको सिनेपा: बक्सअफिस विवरण अनुसार मंगलबार दिउँसो १ बजेसम्मको हो।
‘आबाट आमा’ले छोरा–अभिभावक सम्बन्ध, युवा किन विदेशिन बाध्य हुन्छ, र त्रिकोणात्मक प्रेम कथाजस्ता सामाजिक तथा पारिवारिक विषयलाई केन्द्रमा राखेको छ। मुख्य भूमिकामा पल शाह, प्रदीप रावत र विपना थापा छन्।
दर्शकहरूले फिल्मको कथावस्तु, अभिनय र भावनात्मक प्रस्तुतीलाई सकारात्मक प्रतिक्रिया दिएका छन्। आलोचकहरूले पनि फिल्मलाई सामाजिक सन्देश र पारिवारिक सम्बन्धको चित्रणमा सफल बताउँदै उच्च मूल्याङ्कन गरेका छन्।