निर्देशक दिनेश राउत आफ्नो टिनएज प्रेमकथा ‘कुमारी’लाई लिएर उत्साहित देखिएका छन्। बुधबार फिल्मको पत्रकार सम्मेलनमा उनी आफ्नो सिनेमाप्रति ढुक्कजस्तै देखिए।
पत्रकारहरुसँगको सवालजवाफमा उनले आफ्नो सिनेमामाथि बलिउड सिनेमा ‘सैयारा’को नेपाली नक्कल जस्तो भन्ने आम प्रतिक्रियाको समेत प्रतिवाद गरे। उनले आफ्नो सिनेमा भनिएजस्तो भन्दा बिलकुल फरक भएको स्पष्टिकरन दिदैं त्यसरी बुझ्नु सतही हुने तरक गरे।
‘कुमारी’ शीर्षकमा फिल्म रिलिज हुँदैछ तर सुरुमा दिनेशले यसका लागि यो नाम पहिलो प्राथमिक्तामा नराखेको खुलासा भएको छ । खासमा दिने यो सिनेमाको नाम ‘सयपत्री’ राख्न चाहन्थे, वर्किङ टाइटल पनि यहि थियो, विकास बोर्डमा पनि यही नाम दर्ता गराइएको थियो।
पछि यो नाममा अर्के निर्माण कम्पनीले इजाजत लिएपछि दिनेशले सिनेमाको नाम फेर्नुपरेको हो। उनले सुरुको नाम नपाए पनि विषयवस्तुको हिसाबले ‘कुमारी’ पनि उत्तिकै फिट खाएको दाबी गरे।
फिल्मको ‘डोको बुन्ने’ बोलको गीतले बटुलेको लोकप्रियता, प्रचारका लागि गरिएको देशव्यापी सांगीतक यात्रा तथा फिल्म ट्रेलरले दिएको उत्साहले फिल्मले नेपाली वक्सअफिसमा केही गर्ने अनुमान गरिएको छ । हलहरुले पनि उल्लेख्य संख्यामा शो उपलब्ध गराएका छन्।
धेरैपछि नेपाली प्रेमकथा पर्दामा आउने भएकाले नेपाली फिल्मीवृत्तले यसलाई चनाखो भएर हेरिरएको छ ।
फिल्मबाट अभिषेक खड्का र आकृति राजभण्डारीको नेपाली रजतपटमा डेब्यू गर्दैछन्।