‘तिम्रो स्पर्श’मा यस्तो देखियो आकाश-करुणाको रोमान्स

0 Shares

अभिनेता अकाश श्रेष्ठ पछिल्लो समय सिनेमा भन्दा म्युजिक भिडियोमा बढी सक्रिय देखिएका छन्।

उनी अन्तिम पटक गत मंसिर १२ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘हर्ष’मा विशेष भूमिकामा देखिएका थिए। त्यसपछि रुपेश तामाङ निर्देशनमा निर्माण हुने एक अनटाइटल सिनेमामा अनुबन्धित भए पनि हाल उनका हप्तैपिच्छे नयाँ म्युजिक भिडियो सार्वजनिक भइरहेका छन्।

विशेषगरी अभिनेत्री करुणा श्रेष्ठसँगको उनको जोडी दर्शकमाझ लोकप्रिय बन्दै गएको छ। यही जोडीको नयाँ म्युजिक भिडियो ‘तिम्रो स्पर्श’ सार्वजनिक गरिएको छ, जसमा उनीहरू रोमान्टिक अवतारमा प्रस्तुत भएका छन्।

गीतमा सुरज राज खत्रीको शब्द, संगीत र स्वर रहेको छ। भिमफेदी गाइजका निर्मल कुमार लामाको निर्देशनमा तयार भएको भिडियोमा अकाश र करुणाको केमिस्ट्री आकर्षक देखिन्छ।

आरोह रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतका अडियो निर्माता किरण आले मगर हुन्। प्रवेश खत्री प्रोजेक्ट म्यानेजर रहेका छन् भने भिडियो छायांकन, सम्पादन र कलर ग्रेडिङ पवन सुस्लिङले गरेका हुन्।

सम्बन्धित समाचार

सबै