0
Shares
काठमाडौं – फागुन २९ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘लालिमा’को टिजर सार्वजनिक गरिएको छ। निर्माण पक्षले मंगलबार साँझ ओएसआर युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरेको हो।
सार्वजनिक टिजरमा फिल्मकी शीर्ष नायिका रोशनी कार्कीलाई एकल रूपमा प्रस्तुत गरिएको छ। उनी कोठाभित्र मानसिक द्वन्द्व र तनावमा छट्पटाइरहेको दृश्यले फिल्मको गम्भीर भाव र मनोवैज्ञानिक आयाम संकेत गर्छ।
टिजरले कथाको मूल विषयवस्तु सस्पेन्समै राखेको छ, जसले दर्शकमाझ उत्सुकता थप बढाएको छ।
फिल्मका लेखक तथा निर्देशक रोशन मिराजका अनुसार ‘लालिमा’ तीन हजार यौनकर्मीको अनुभवमा आधारित घटनामा निर्माण गरिएको हो।
फिल्ममा रोशनी कार्कीसँगै शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक र सुष्मा निरौलालगायत कलाकारहरूको अभिनय रहेको छ।
फेथ आस्थाको निर्माणमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन्।