‘लालीबजार’को टिजर सार्वजनिक, वैशाख १८ मा रिलिज हुने

0 Shares

काठमाडौँ – षट्कोण आर्टसको ब्यानरमा निर्माण भएको चलचित्र ‘लालीबजार’को टिजर सार्वजनिक भएको छ। आगामी वर्ष विसं २०८३ वैशाख १८ बाट देशभर प्रदर्शनमा आउने यो चलचित्रले दर्शकमाझ उत्सुकता बढाएको छ।

चलचित्रको टिजरले कथावस्तुको झलक प्रस्तुत गर्दै मुख्य पात्रहरूलाई परिचय गराएको छ। बर्दियाको राजापुर क्षेत्रमा छायांकन गरिएको यस फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारीलगायतका कलाकारको अभिनय देख्न सकिन्छ।

यसै चलचित्रमार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले अभिनय क्षेत्रमा डेब्यु गरेका छन्। कथा तथा निर्देशन यम थापाले गरेका हुन् भने पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन्। विशेष रूपमा स्वस्तिमा खड्काको भिन्न भूमिकाले चलचित्रप्रति दर्शकको चासो बढाएको छ।

चलचित्रका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने निर्माता म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ हुन्। प्राविधिक पक्षमा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशन सम्राट बस्नेत, छायांकन सुशन प्रजापती, सम्पादन मित्रदेव गुरुङ र प्रोडक्सन हेड रुपकप्रताप अधिकारी रहेका छन्।

कलरमा रेनिश फागो, भिएफएक्समा समिर श्रेष्ठ र सत्यम रानाले काम गरेका छन् भने ब्याकग्राउण्ड म्युजिक तथा मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठले गरेका छन्। कला निर्देशन उमेश चौधरी, कस्ट्युम डिजाइन तथा स्टाइलिङ जानकी कडायत, मेकअप काव्या थापाले सम्हालेका छन्। फिल्मको संगीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवले तयार गरेका छन्।

‘लालीबजार’ले नेपाली चलचित्रप्रेमीहरूलाई सामाजिक–सांस्कृतिक कथावस्तुमा आधारित नयाँ अनुभव दिन तयार भएको छ।

सम्बन्धित समाचार

सबै