पत्नी प्रियंकाको किन प्रशंसा गर्दैछन् निक जोनास ?, राजामौलीलाई पनि भने यस्तो !

0 Shares

 अमेरिकी गायक तथा अभिनेता निक जोनासले भारतीय अभिनेत्री प्रियंका चोपड़ा जोनस स्टारर फिल्म ‘वनारसी’को प्रशंसा गरेका छन्। उनले फिल्मको कथावस्तु, अभिनय र संगीत सबै उत्कृष्ट रहेको बताएका छन्।

यो फिल्म एसएस राजामौलीको निर्देशनमा बनिरहेको छ। फिल्ममा प्रियंकासँगै महेश बाबु र प्रिथ्वीराज सुकरमन मुख्य भूमिकामा छन्। निकले फिल्मको संगीत र गीतहरूको पनि प्रशंसा गर्दै अन्तर्राष्ट्रिय दर्शकका लागि यो फिल्म निकै रोचक हुने बताए।

निकका अनुसार, फिल्मको छायांकनमा प्रियंका लामो समयदेखि संलग्न छिन् र उनले चलचित्रको उत्कृष्ट प्रस्तुति दिनु भएको छ। निकले यो फिल्म “अतुलनीय” हुने विश्वास व्यक्त गरेका छन्।

फिल्म ‘वनारसी’ अप्रिल ७, २०२७ मा प्रदर्शनका लागि तय गरिएको छ। यसले एसएस राजामौलीको अन्तर्राष्ट्रिय स्तरमा चर्चित फिल्मको सूचीमा अर्को सफल फिल्म थप्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै