‘श्री बुकुरो’ले रिलिज गर्‍यो नयाँ प्रेमगीत ‘मायालुको मुस्कान’

0 Shares

प्रदर्शनरतः ‘श्री बुकुरो’ले आफ्नो नयाँ गीत रिलिज गरेको छ । फिल्मले ‘मायालुको मुस्कान’ बोलको गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक गीत ‘मायालुको मुस्कान’मा फिल्मका मुख्य बालकलाकारहरू किशोरावस्थामा प्रवेश गरेपछिको प्रेम सम्बन्धलाई रोमान्टिक भावमा चित्रण गरिएको छ। गीतमा विक्रम कार्कीको संगीत तथा एरेञ्ज, निर्देशक सिंहकै शब्द रचना र सन्देश पौडेलको स्वर रहेको छ। भ्यालेन्टाइन डेको अवसर पारेर दर्शकलाई उपहारस्वरूप गीत सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ।

फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको यस फिल्ममा आशीर्वाद क्षेत्री, निकिता आचार्य, लक्ष्मी गिरी, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा र सपना श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेको छ। फिल्मकी निर्मात्री रुबी सेन सिंह हुन्।

पारिवारिक सम्बन्धको कथामा आधारित फिल्ममा सञ्जय लामाराजेश श्रेष्ठको छायांकन, विक्रम कार्कीको ब्याकग्राउन्ड स्कोर, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर ग्रेडिङ तथा सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी रहेको छ। सम्पादन बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनले गरेका छन्। फिल्मका गीतमा वसन्त गजमेररञ्जीत गजमेरले संगीत दिएका छन्।

सम्बन्धित समाचार

सबै