‘डल्लेले इन्ट्री मार्यो’को सेकेन्ड लुक पोस्टर सार्वजनिक, सागर लम्सालसँग रोशनी खड्काको डेब्यु

0 Shares

महाशिवरात्रीको अवसर पारेर नेपाली फिल्म डल्लेले इन्ट्री मार्यो को सेकेन्ड लुक पोस्टर आइतबार सार्वजनिक गरिएको छ।

नयाँ वर्षको अवसरमा २७ चैतबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको यसअघि सार्वजनिक फर्स्टलुक पोस्टरमा मात्र अभिनेता सागर लम्साल देखिएका थिए। सेकेन्ड लुक पोस्टरमार्फत भने सागरका साथमा डेब्यु अभिनेत्री रोशनी खड्का लाई प्रस्तुत गरिएको छ।

मोडलिङबाट करिअर सुरु गरेकी रोशनी २०२५ को मिस नेपाल प्रतियोगिताको अडिसन क्लिप भाइरल भएपछि एकाएक चर्चामा आएकी थिइन्। अडिसनका क्रममा निर्णायक रचना गुरुङ ले औपचारिक परिचय नसोधी हातबारे टिप्पणी गरेको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आएको थियो। जन्मजात एउटा हत्केला नभएकी रोशनीलाई निरुत्साहित गरिएको भन्दै धेरैले उक्त व्यवहारको आलोचना गरेका थिए।

यद्यपि, सुन्दरी, प्रतिभावान र निडर रोशनीले निरन्तर परिश्रम, लगाव र दृढताका साथ मोडलिङ तथा अभिनय करिअरलाई अघि बढाइरहेकी छन्। उनले आफ्नो डेब्यु फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ बाट दर्शकमाझ सकारात्मक छाप छोड्ने विश्वास व्यक्त गरेकी छन्।

राजु गिरी को निर्देशनमा बनेको फिल्ममा उमेशकुमार बस्नेत को कथा तथा लक्ष्मण सुवेदी को पटकथा र संवाद रहेको छ। फिल्ममा सागर लम्साल, रोशनी खड्का, रमेश बुढाथोकी, रबिन्द्र झा, हेमन्त बुढाथोकी, विशाल पाहाडी, कैलाश रावल, रबि गिरी, ध्रुव कोइराला, सावित्री चिलुवाल, आशा पौडेल, लक्ष्मीनाथ तिमिल्सिना, ओसीन भट्टराई, सुष्मा केसी, रामहरी खड्का, राजु गिरी, सुचेन्द्र परियारसहित बालकलाकार काजोल, कंगना गिरी र रोनीश खड्काको अभिनय छ।

कार्यबिनायक फिल्म्सउषा फिल्म्स को प्रस्तुतिमा बनेको यस फिल्मका निर्माता साबित्रा चिलुवाल, आशिक बस्नेत, आदर्श बस्नेत, निर्मला बस्नेत र सरिता पुरी गिरी हुन्।

श्याम तामाङको छायांकन रहेको फिल्ममा अर्जुन पोखरेल, बाबुल गिरीरिमेशकुमार थापा को संगीत, केशवराज भट्टको कोरियोग्राफी तथा गौतमराज खड्काको सम्पादन रहेको छ।

फिल्मको पब्लिसिटी डिजाइन नोभाइस आर्ट्स का राकेश दाहालले गरेका छन् भने वितरण नेशनल सिने ग्रुप नेपाल ले गर्दैछ।

सम्बन्धित समाचार

सबै