सुगम–रिताको ‘बेहाल’ सार्वजनिक, अभिषेक–श्रीतिकाको अभिनयले थप रोमान्स भरेको

0 Shares

काठमाडौं — राजधानीमा आयोजित विशेष कार्यक्रमका बीच रोमान्टिक गीत ‘बेहाल’ सार्वजनिक गरिएको छ। गीतका अडियो र भिडियो कार्यक्रमका प्रमुख अतिथी बरिष्ठ संगीतकर्मी फणिन्द्र राई, विशेष अतिथी गीतकार अम्बिका गुरुङ, भुपेन्द्र महत, चलचित्र सेन्सर बोर्ड सदस्य तथा चलचित्र पत्रकार संघ उपाध्यक्ष कुबेर गिरी लगायतले सार्वजनिक गरेका हुन्।

गीतमा डा. देबेन्द्र प्रधानका शब्द, शंकर थापा ‘स्माइल’ को संगीत, र सुगम पोखरेल र रिता केसी को स्वर समावेश छ। विषम आचार्य को एरेन्जमेण्ट, किशोर थापा को मिक्सिङ तथा माष्टरिङ्गले गीतलाई उत्कृष्ट बनाएको छ। भिडियोमा अभिषेक श्रेष्ठ र श्रीतिका श्रेष्ठ को अभिनय छ। छायांकन दिनेश पराजुली, सम्पादन डिन्सन शाह, र निर्देशन केशव राज भट्ट ले गरेका हुन्।

कार्यक्रममा बोल्दै फणिन्द्र राईले गीत उत्कृष्ट रहेको बताए। गीतकार अम्बिका गुरुङले गीत सरल भए पनि शब्द, संगीत र स्वरको संयोजन प्रभावकारी भएको उल्लेख गरिन्। भुपेन्द्र महतले अडियो र भिडियो दुवै पक्ष सशक्त रहेको बताए भने कुबेर गिरीले यस गीत उत्कृष्ट गीतहरुको सूचीमा पर्ने बताए।

गीतकार डा. देबेन्द्र प्रधान भारतको कालिङपोङ निवासी हुन्। नेपाली साहित्य र संगीतमा उनी सन् २०१९ देखि सक्रिय छन् र आधा दर्जन भन्दा बढी गीत रेकर्ड गरिसकेका छन्। संगीतकार शंकर थापा ‘स्माइल’ दुई दशकदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय छन्। उनले पन्ध्र सयभन्दा बढी गीतमा संगीत दिएका छन् र थुप्रै राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेका छन्।

सुगम–रिताको स्वरमा, अभिषेक–श्रीतिकाको अभिनय, र शंकर–प्रधानको सिर्जनाले तयार भएको ‘बेहाल’ गीतले प्रेम र रोमान्सको गहिराई दर्शकसम्म पुर्याउने विश्वास गरिएको छ।

सम्बन्धित समाचार

सबै