0
Shares
काठमाडौं — माघ १६ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘आबाट आमा’ ले घरेलु बक्स अफिसमा ८ करोड ३१ लाख ८७ हजार ७८९ रूपैयाँ ग्रस कमाइ गर्दै दर्शकबाट मनोनित प्रतिक्रिया पाएको छ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार, सो अवधिमा कुल ३ लाख १० हजार ३२३ टिकट बिक्री भएको छ।
झण्डै २ करोडको लगानीमा निर्माण भएको फिल्म आफ्नो बक्सअफिसमा यो कमाइको आँकडासँगै हिट सावित भएको छ ।
चन्द्र पन्तको निर्देशनमा बनेको यो फिल्म हाल तेस्रो सातामा प्रदर्शन भइरहेको छ। फिल्ममा पल शाह, विपना थापा, प्रदीप रावत, सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती लगायतका कलाकारको अभिनय रहेको छ।
फिल्म भावनात्मक पारिवारिक कथामा आधारित छ। यसले आमाछोराबीचको गहिरो सम्बन्ध, माया, त्याग र पीडालाई प्रस्तुत गर्दै दर्शकको मन जितेको छ।