‘राम नाम सत्य’को पहिलो गीतमा विराज–सुपुष्पाको यो कस्तो केमिस्ट्री ?

0 Shares

चैत्र २७ गते प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली फिल्म राम नाम सत्यले पहिलो गीत सार्वजनिक गर्दै आफ्नो प्रचार अभियान औपचारिक रूपमा सुरु गरेको छ।

‘धागोले बाटेको’ बोलको रोमान्टिक गीत सार्वजनिक भएसँगै फिल्मको टिमले दर्शकमाझ उत्साह थपेको छ। गीतमा बाबुल गिरी र रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ। शब्द डा. डीआर उपाध्यायको रहेको छ भने संगीत स्वयं बाबुल गिरीले दिएका छन्।

गीतको भिडियोमा मुख्य कलाकार विराज भट्टसुपुष्पा भट्ट रोमान्टिक अवतारमा प्रस्तुत भएका छन्। उनीहरूको अनस्क्रिन केमिस्ट्रीले गीतलाई अझ प्रभावशाली बनाएको छ। सार्वजनिक भएसँगै गीतले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ।

माइकल चन्दको निर्देशनमा बनेको फिल्म माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण भएको हो। उपेन्द्र शाही र स्वेता बिमली निर्माता रहेका छन् भने किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माताका रूपमा जोडिएका छन्। मोती कार्की क्रियटिभ प्रोड्यूसर र राजेन्द्र आचार्य लाइन प्रोड्यूसर हुन्।

फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको संगीत रहेको छ। कथा तथा पटकथा निर्देशक माइकल चन्दकै हो। छायांकन मानकृष्ण महर्जनले गरेका छन् भने एक्सन निर्देशन श्री श्रेष्ठले सम्हालेका छन्। सम्पादन बन्दे प्रसाद र ब्याकग्राउन्ड म्युजिक काला चरणको रहेको छ।

सियोन श्रेष्ठको कोरियोग्राफी, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ तथा साहिल खानद्वारा तयार पारिएको टिजर–ट्रेलरले फिल्मको प्राविधिक पक्ष बलियो देखिन्छ। स्क्रिप्ट सल्लाहकार अभिमन्यू निरवी र समय थपलिया रहेका छन्।

‘पर्दा पछाडिको पर्दा’ भन्ने थिम बोकेको यस फिल्ममा विराज र सुपुष्पासँगै सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार र सुनिल थापा लगायत कलाकारहरूको अभिनय रहेको छ। एक्सन, सस्पेन्स र प्रेमकथाको संयोजनमा निर्माण गरिएको यो फिल्मले दर्शकलाई फरक अनुभव दिने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै