काठमाडौं। पछिल्लो समय सफलता उकालो लागिरहेका अभिनेता पल शाहले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ घोषणा गरेका छन्। रानीवनस्थित मानवसेवा आश्रममा जन्मदिन मनाउँदै उनले सुपरहिट फिल्म ‘आबाट आमा’ को दोस्रो श्रृंखला निर्माणको घोषणा गरेका हुन्।
यसअघि प्रदर्शनमा आएको ‘आबाट आमा’ ले बक्सअफिसमा १० करोड रुपैयाँभन्दा बढी कमाइ गर्न सफल भइसकेको छ। यसै वर्ष उनका अन्य फिल्महरू ‘मोहर’ र ‘आबाट आमा’ लगातार हिट भएपछि पल शाहको करिअर थप उचाइमा पुगेको देखिन्छ।
नयाँ श्रृंखला ‘आबाट आमा २’ २०८३ सालको दशैंमा रिलिज हुने घोषणा गरिएको छ। कार्यक्रममा फिल्मको टिजर पोस्टरसमेत सार्वजनिक गरिएको थियो, जसमा पल शाह क्यारेक्टर लुक्समा देखिएका छन्।
यस प्रोजेक्टमार्फत पल शाह र निर्देशक चन्द्र पन्तबीच दोस्रोपटक सहकार्य पक्का भएको छ। सफल पहिलो श्रृंखलापछि दोस्रो भागलाई लिएर दर्शकमाझ उत्साह थपिएको छ।