निर्मात्री तथा अभिनेत्री नीता ढुंगाना यतिबेला आफ्नो आगामी फिल्म ‘पार्वती’ को तयारीमा व्यस्त छिन्। उक्त फिल्म ५ चैतदेखि छायांकनमा जाने तय भएको छ।
यहीबीच, नीता ढुंगानाले शुक्रबार एमजीको नयाँ विद्युतीय गाडी खरिद गरेकी छन्। बजार मूल्य करिब ५० लाख रुपैयाँ पर्ने यो ईभी किनेको जानकारी उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै प्रशंसकहरूसँग खुसी साटेकी हुन्।
नीताले लेखेकी छन्,
“आज मेरो लागि विशेष दिन। एमजीको सानदार गाडी खरिद गर्ने अवसर पाउँदा अत्यन्त खुसी लागेको छ। यस अवसरलाई सम्भव गराउने नीता फिल्म्स प्रोडक्सनप्रति हार्दिक धन्यवाद। नयाँ यात्राको सुरुवात—नयाँ उत्साहका साथ।”
सो पोस्टमा उनले अभिनेता तथा श्रीमान हरिहर अधिकारीलाई मेन्सन गर्दै ‘लभ हार्ट’ इमोजीसमेत प्रयोग गरेकी छन्।
उनीसँग डिपालसहितका दुई गाडी पहिलेदेखि नै छन् ।
