जान्नुस्, पछिल्लो साता कस्तो रह्‍यो नेपाली फिल्मको कमाइ ?

0 Shares

गत साताको वक्सअफिस रिपिर्ट सार्वजनिक भएको छ । पछिल्लो शनिबार अर्थात् ९ फागुनसम्मको घरेलु बक्सअफिस विवरण अनुसार प्रदर्शनमा रहेका फिल्महरूमध्ये ‘कुमारी’ सबैभन्दा अगाडि देखिएको छ भने अन्य तीन फिल्मले प्रदर्शन बीचमै स्थगित गरेका छन्।

कुमारी, निर्देशक दिनेश राउतको फिल्मले सो अवधिसम्म देशव्यापी ६३ लाख २४ हजार ७१ रुपैयाँ ग्रस कमाइ गरेको छ। फिल्मका १९ हजार ३७९ टिकट बिक्री भएका छन्, जसले दर्शकको राम्रो साथ पाइरहेको संकेत गर्छ।

त्यस्तै, रमिताको पिरती, निर्देशक सुदिप्ता अधिकारीको फिल्मले २५ लाख ५५ हजार ८३ रुपैयाँ कमाइ गरेको छ। यसका ७ हजार ८०३ टिकट बिक्री भएका छन्।

यसबीच तीन फिल्मले प्रदर्शन बीचमै स्थगित गरेका छन्। उनीहरुको कमाइ बिर्सनलायक रहेको छ । प्राप्त विवरण अनुसार ती ३ फिल्मले निम्नानुसार व्यापार गरेका छन् ।

  • बिगुल — ८ लाख ९७ हजार ४१० रुपैयाँ ग्रस; २ हजार ६०९ टिकट बिक्री

  • श्री बुकुरो — २ लाख ७२ हजार ९३० रुपैयाँ ग्रस; ८०५ टिकट बिक्री

  • शिवांश — २ लाख ६१ हजार ७५० रुपैयाँ ग्रस; ७८७ टिकट बिक्रीMay be an image of ‎text that says '‎नेपालभर प्रदर्शन भइरहेका स्वदेशी चलचित्रहरुको फागुन 0 गते शनिवार राती ११:५९ सम्मको आधिकारिक सिनेपा: @बक्सअफिस विवरण सिनेपा: SHEND KACH 16 RAMMITA. PIRATI टिकटसंख्या टिकट संख्या ४,२३,१११ कारय टिकरसंख्या टिकर संख्या १९,३७९ आर्थिंक आग्दानी रु ११,२४,०६९६९.१ टिकट संख्या , MMP आर्थिक आम्दानी रू. ६३,२४,०७१.४८ ७१.४८ आर्थिक आम्दानी रु २५५५,०८३ शिवाशट 主 माधर مستدالم श्रंदली HOME( CATTING टिकट संख्या २,६०९ आर्थिक आम्दानी रु. 9అ,అ टिकट टिकटसंख्या संख्या (4 आर्थिक आम्दानी रु. २,७२९३० टिकट संख्या மடடி आर्थिक आम्दानी रु. २,६१,७५० प्रत्येक साता सार्वजनिक गरिने यो रिपोर्ट बोर्डको अधिकारिक सिनेपा: @वक्सअफिस प्रणालीमार्फफत प्राप्त तथ्याहू हो|‎'‎

सम्बन्धित समाचार

सबै