प्रेमकथामा आधारित फिल्म ‘प्रेम गीता’को पोस्टर सार्वजनिक, नयाँ जोडीको रोमान्टिक झलक

0 Shares

काठमाडौं । प्रेमकथामा आधारित नयाँ नेपाली फिल्म प्रेम गीताको औपचारिक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहीबार फिल्मको कथावस्तु झल्किने गरी पोस्टर रिलिज गरेको हो।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार जाहान्वी बस्नेतसाजिद खानलाई हरियाली पहाडी परिवेशमा रोमान्टिक मुद्रामा प्रस्तुत गरिएको छ। पोस्टरले फिल्म प्रेमप्रधान र संगीतमय कथामा आधारित रहेको संकेत गर्छ।

यस फिल्ममार्फत साजिद खान नेपाली फिल्ममा डेब्यु गर्दैछन्। फिल्ममा जाहान्वी बस्नेतसँगै सुशील पोखरेल, अर्जुन गुरुङ, मनिल तामाङ, आइशा पौडेल, दिप्सन लिम्बु, मन्शी शर्मा, मौसम खड्का, रियाशा सापकोटा र श्याम मगरलगायत कलाकारको अभिनय रहेको छ।

अर्नव बस्नेतको प्रस्तुति रहेको फिल्मको कथा सिताराम ढुङ्गेलले लेखेका हुन् भने पटकथा तथा संवाद मौनता श्रेष्ठले तयार पारेका छन्। गीतमा संगीत दिप्सन लिम्बुको रहेको छ।

फिल्मको छायांकन (DOP) रामेश्वर हुमागाईंले गरेका छन् भने नृत्य निर्देशन सुरेश पाण्डेले सम्हालेका छन्। द्वन्द्व निर्देशन किरण दाहाल, सम्पादन बन्दे प्रसाद, रङ संयोजन प्रबिन ढकाल र मिक्सिङ मुकेश शाहको रहेको निर्माण पक्षले जनाएको छ। सहायक निर्देशक सागर बोहोरा तथा चिफ एडीका रूपमा बिनयराज पौडेल रहेका छन्।

निर्देशक बस्नेतका अनुसार ‘प्रेम गीता’ले युवापुस्ताको प्रेम, भावना र जीवनसंघर्षलाई केन्द्रमा राखेर कथा प्रस्तुत गर्नेछ। फिल्मको प्रदर्शन मिति छिट्टै सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ।

सम्बन्धित समाचार

सबै