के दर्शक-श्रोताले रुचाएकै हुन् त ‘राम नाम सत्य’को ‘धागोले बाटेको’ गीत? , कति पायो भ्यूज, कति बन्यो टिकटक ?

0 Shares

काठमाडौं – आगामी चैत २७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘राम नाम सत्य’को पहिलो गीत ‘धागोले बाटेको’ दर्शकमाझ लोकप्रिय बनेको छ।

गीत सार्वजनिक भएको करिब दुई सातामै युट्युबमा २१ लाखभन्दा बढी भ्यु पार गरेको छ भने सामाजिक सञ्जालमा पनि यसको प्रभाव देखिएको छ। दर्शकले यो गीतमा एक लाखभन्दा बढी टिकटक भिडियो बनाइसकेको निर्माण टिमले जनाएको छ।

निर्वाचनको समयमा देशको ध्यान मतदान र मतपरिणामतर्फ केन्द्रित भएको अवस्थामासमेत गीतले आफ्नो लोकप्रियता कायम राखेको निर्देशक माइकल चन्दले बताए।

उनले भने, “निर्वाचनको समयमा गीत रिलिज गर्दा धेरैले समय ठीक छैन भनेका थिए। तर, गीत हिट हुनेमा हामी विश्वस्त थियौं। अहिले दर्शकको मुखमा गीत झुन्डिएको छ र लाखौं टिकटक बनेका छन्।”

निर्देशक चन्दका अनुसार गीतको भिडियोको टिजर पनि छिट्टै सार्वजनिक गर्ने तयारी भइरहेको छ।

गीतमा बाबुल गिरी र रचना रिमालको स्वर रहेको छ भने शब्द डा. डीआर उपाध्यायका हुन्। संगीत बाबुल गिरीले दिएका छन्।

रोमान्टिक शैलीको यस गीतमा फिल्मका मुख्य कलाकार विराज भट्ट र सुपुष्पा भट्टलाई फिचर गरिएको छ। गीतको भिडियोमा उनीहरू रोमान्टिक अवतारमा देखिएका छन्।

माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण भएको फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको छ। किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता हुन्।

मोती कार्की क्रिएटिभ प्रोड्युसर रहेको फिल्मका लाइन प्रोड्युसर राजेन्द्र आचार्य हुन्।

फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको संगीत रहेको छ। निर्देशक माइकल चन्दकै कथा र पटकथामा बनेको फिल्ममा मानकृष्ण महर्जन डीओपी, श्री श्रेष्ठ एक्सन निर्देशक, बन्दे प्रसाद सम्पादक र काला चरण पाश्र्व संगीतकार छन्।

फिल्ममा कोरियोग्राफी सियोन श्रेष्ठ, रंग संयोजन राजेन्द्र मोक्तान, मुख्य सहायक निर्देशन नवराज शर्मा र टिजर–ट्रेलर सम्पादन साहिल खानले गरेका छन्।

फिल्मका स्क्रिप्ट सल्लाहकार अभिमन्यु निरवी र समय थपलिया हुन्।

‘पर्दा पछाडिको पर्दा’ भन्ने थिममा आधारित फिल्ममा विराज भट्ट र सुपुष्पा भट्टसँगै सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार र सुनिल थापालगायत कलाकारहरूको अभिनय रहेको छ।

फिल्म एक्सन, सस्पेन्स र लभ स्टोरीको मिश्रणमा निर्माण गरिएको हो।

सम्बन्धित समाचार

सबै