0
Shares
रणवीर सिंह स्टारर धुरन्धर २ को प्रिभ्यू टिकटहरूले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ। मुम्बईका केही प्रिमियम सिनेमाघरमा टिकट ३१०० भारू सम्म पुगेको छ भने दिल्लीमा २४०० भारूमा प्रिमियम रेक्लाइनर सीट बिक्रिमा छन्।
पेड प्रिभ्यू शोहरू लगभग सबै हाउसफुल भइसकेका छन् र केही स्थानमा टिकटहरू तुरुन्तै सकिएको रिपोर्ट आएको छ। निर्देशक आदित्य धर ले बनाएको यो फिल्म रणवीर सिंहलाई भारतीय जासूसको भूमिकामा प्रस्तुत गर्दछ।
धुरंधर २ को आधिकारिक रिलिज १९ मार्च मा छ, तर प्रिभ्यू शोहरू १८ मार्च मा सञ्चालन हुने छन्। सामान्य टिकट मूल्य ६०० देखि ९०० भारूसम्म देखिएका छन् भने आइम्याक्समा र प्रिमियम स्क्रिनका टिकट हजार भारू भन्दा माथि छन्।
दर्शकहरूबीच उत्साह र टिकट बिक्रीको क्रेजले यो फिल्मलाई बक्स अफिसमा ठूलो सफलता दिलाउने अपेक्षा गरिएको छ।