नेपाली कथानक फिल्म ‘टेम्के: द डेस्टिनेसन’को शुभमुहूर्त सम्पन्न

0 Shares

शुक्रबार काठमाडौंमा नेपाली कथानक फिल्म ‘टेम्के: द डेस्टिनेसनको शुभमुहूर्त सम्पन्न भएको छ। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले धार्मिक विधिअनुसार औपचारिक शुभारम्भ गर्दै नरिवल फोडी क्ल्याप इन गरे शुभमुहूर्त सट लिएका थिए।

आर.डी.एस. नेपाल प्रस्तुत फिल्मको निर्देशन देवप्रसाद धिमालले गरेका छन्, जसले निर्माण पनि गरेका छन्। सह-निर्माता पंकज सरदार, कार्यकारी निर्माता भोला सुवेदी (प्रणप), राजनजंग थापा, जित शेरचन रहेका छन्।

सह-निर्देशक विजयराज भुर्तेल, द्वन्द निर्देशन राजु किरात, छायांकन नरेश ऐयरले सम्हाल्नेछन्।

फिल्ममा शिव श्रेष्ठ, अर्जुन थापा, प्रितिका शर्मा, कृष्णप्रसाद धिताल, रिना गुरुङ, सरु कार्की, श्रीदेव भट्टराई, गोकुल सुवेदी, सावित्रा चिलवाल, सृजना बुढा, अभिषेक फुयाल, रविना दुलाल, विवेक खड्का लगायतका कलाकारको अभिनय समावेश छ।

निर्माण पक्षले फिल्मको मुख्य छायांकन काठमाडौं भोजपुरका विभिन्न स्थानमा चैत महिनाको दोस्रो सातादेखि सुरु हुने बताए। फिल्मले नेपाली समाजको कथावस्तुलाई रोचक शैलीमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

शुभमुहूर्त कार्यक्रममा चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, गायक शंकर अधिकारी “घायल” लगायत चलचित्रकर्मीको पनि उपस्थिती रहेको थियो।

सम्बन्धित समाचार

सबै