फिल्म ‘हामी तीन भाइ’का लागि तयार गरिएको नयाँ गीत ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली…’को छायांकन हाल भक्तपुरको गुण्डु क्षेत्रमा भइरहेको छ।
फिल्म प्रसिद्धी सिने आर्ट्स प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको छ। गीतमा स्वर साप शक्ति र अस्मिता अधिकारी, शब्द सुवल मणि सापकोटा, संगीत साप शक्ति, र संगीत संयोजन (एरेन्ज) महाराज थापाले गरेका छन्। रेकर्डिङ अनामनगर स्थित ए प्लस स्टुडियोमा गरिएको हो।
निर्माण पक्षले गीतलाई ग्रामीण परिवेश र स्थानीय स्वाद झल्काउने शैलीमा रंगीन र जीवन्त बनाउन गुण्डुमा छायांकन भइरहेको जनाएको छ।
फिल्म निर्देशक मधुसुधन भट्टराईको निर्देशनमा तयार भइरहेको छ। मुख्य भूमिकामा विनोद न्यौपाने, कुशल बिष्ट, फलित राई छन्, जसले गाउँका तीन मिल्ने साथीको भूमिका निभाएका छन्। साथै फिल्ममा लक्ष्मी बर्देवा, राजाराम पौडेल, रवीन्द्र झा लगायतका कलाकार पनि छन्।
निर्माता त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ, फिल्म चैत्र १३ देखि देशव्यापी प्रदर्शनमा आउँदैछ।