नेपाली कथानक फिल्म ‘मितज्यू’ले दोस्रो पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति जेठ ८ घोषणा गरेको छ। पहिला फिल्म जेठ १५ मा प्रदर्शन हुने तय गरिएको थियो।
पोस्टरमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, शिशिर वाङ्देल र अन्य पात्रहरू देखिएका छन्। ग्रामीण परिवेश र सामाजिक द्वन्द्वको झल्को दिने पोस्टरमा सौगात मल्ल हातका भाले च्यापेका छन्, दयाहाङ राई रिसाहटपूर्ण अनुहारमा, तेरिया फौजा मगर दुखी भावमा देखिएकी छन्।
फिल्म अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको हो। यसमा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारको अभिनय छ। यस फिल्मबाट तेरिया फौजा मगरले अभिनेत्रीको रूपमा डेब्यु गरेकी हुन्।
फिल्म जनक घर्ती मगरको लगानी, जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको छ। छायांकन शिशिर बिशंखे, सम्पादन लोकेश बज्राचार्य, प्रोडक्सन म्यानेजर धनबहादुर राई (भान्जा), मुख्य सहायक निर्देशक फिरोज खड्का, सहायक निर्देशक अनिल दाहाल, सञ्जु नेपाली, एल्मिना राई, प्रोडक्सन डिजाइनर किशोर नेपाल, ड्रेस डिजाइनर संगीता रोका मगर, प्रतीक्षा भाट क्षेत्री छन्।
द्वन्द्व निर्देशन प्रभात विष्ट, साउन्ड डिजाइन नवीन श्रेष्ठ, बिजिएम शैलेश श्रेष्ठ, संगीत श्रीकृष्ण बम मल्ल, गीत श्रीकृष्ण बम मल्ल, मेलिना राई, लक्ष्मी मल्ल, कोरियोग्राफी मिङ्मा लेप्चाले गरेका छन्। फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ।